दुई पेट्रोल पम्प निगमको कारवाहीमा, १ लाख जरिवाना, ६ महिना आपूर्ति बन्द

काठमाडौं । नेपाल आयल निगमले भण्डार आयल स्टोर र दिलीप ट्रेडर्सलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ बमोजिम १ लाख रुपैयाँ जरिवाना र ६ महिनाको लागि आपूर्ति बन्द गर्ने कारवाही गरेको हो ।

ढुवानीकर्ता गुणराज निरौलाको नाममा रहेको ट्यांकर को १ ख ३६५५ ले अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लोड गरी विराटनगरतर्फ लैजाने क्रममा माघ १४ गते इलाका प्रहरी कार्यालय रुपनी सप्तरीभन्दा करिब २ किलोमिटर उत्तरतर्फ कच्ची सडकमा बेवारिसे अवस्थामा सो ट्यांकर भेटिएको थियो ।

ट्यांकरमा लोड रहेको डिजेल अवैध रुपमा बिक्री गरी सो ट्यांकर बेवारिसे अवस्थामा छोडिएकाले निगमका बिक्रेताहरुलाई ट्यांकरसँगको मिलोमतोमा डिजेल अपचलन गरेको आरोपमा कारवाही गरिएको हो । सो घट्नाको सम्बन्धमा छानविन गर्न निगमले एक उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स