बोनस सेयर जारी गर्ने प्रस्तावसहित राधीले डाक्यो ५ प्रतिशत लाभांश पारित गर्न साधारणसभा

काठमाडौं । राधी विद्युत कम्पनीले बोनस सेयर जारी गर्ने प्रस्तावसहित रे ५ प्रतिशत लाभांश पारित गर्न साधारणसभा डोकेको छ । विद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने गरी साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्तावहरू

क) संचालक समितिको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

ख) लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

ग) आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

घ) कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने ।

विशेष प्रस्तावहरू

क) चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर जारी गर्ने ।

ख) कम्पनीको नियमावलीमा संशोधन गर्ने ।

ग) नियमक निकायहरुको निर्देशनमा नियमावलीका प्रस्तावित संशोधनमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स