विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर यीओ मिनी अब काठमाडौंमा

काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको हो।

इओ चार्जिङ (इओ) ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । इओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो।

इओ को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र अमेजन, डीयाचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ ।

यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ। डिसेम्बर २०२१ मा इओ ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।

इओ मा हामी प्रविधि भन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छौं। विद्युतीय सवारी साधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसंग बुझेका छौं। त्यसैले हामी हाम्रा पार्टनर तथा ग्राहकहरुको सेवामा समर्पित छौं।

हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौं। हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौं जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ।

इओ मिनी मा इन्टीग्रल ६एमए डीसी को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप बी आरसीडी नियन्त्रण गर्न सकिन्छ । इओ मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा ६ एएमपी देखि ३२एएमपी सम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो इओ १७५एमएमx १२५एमएम x९५एमएम मा उपलब्ध छ ।

इओ मिनीष् का अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२केडबलु सम्मको पावर रेटिंगलाई लिन सकिन्छ। कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५,००० रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स