प्राधिकरणले ३७ वर्षको इतिहासमा १६ अर्ब बढी खुद मुनाफा आर्जन गर्न सफल : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले उक्त कुरा बताएका हुन् ।

उनले विगतमा सानो इन्टेन्सिभ खाने निर्णय गर्दा अख्तियार र संसदबाट चिठी आउने गरेको तर अहिले नाफा आर्जन गरेर सक्षम भएको बताए । उनका अनुसार ५ वर्षभित्रमा ३ गुणा बढी विद्युत खपत भएको छ भने प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले खपत बढेको छ ।

उनले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए । उनले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारेको बताए ।

उनले विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गरे ।

उनले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताए । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाई छ ।

उनले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताए । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिब ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गरे । उनले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स