काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ घाटा व्होरेको छ । कम्पनीको प्रकाशित गरेको गत आवको चौथो वित्तीय विवरण अनुसार ३ करोड ८५ लाख रुपैयाँ घाटा भएको देखिएको हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनी ५ करोड ८ लाख ९८ हजार रुपैयाँ घाटामा थियो । गत वर्ष कम्पनीले १ करोड २३ लाख रुपैयाँले घाटा कम गरेको छ ।
गत आव कम्पनी सञ्चालनमा २ करोड ८२ लाख रुपैयाँ रुपैयाँ घाटा भएको छ । अघिल्लो वर्ष सञ्चालन घाटा ३ करोड २४ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रति सेयर आम्दानी (इपीएस) ऋणात्मक २.५७ रुपैयाँ छ । अघिल्लो वर्ष इपीएस ऋणात्मक ४.५२ रुपैयाँ थियो । कम्पनीको नेटवर्थ प्रति सेयर ८९.९४ रुपैयाँ छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ४२६ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले लमजुङमा २५ मेगावाटको ‘अपर दोर्दी ए’ हाइड्रोपावर निर्माण गरिएको छ । हालसम्म कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको छैन । कम्पनीले गत आर्थिक वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।
तर दोर्दी खोलामा आएको वाढीका कारण लक्ष्य भेटाउन मुस्किल परेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।