काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १२८, डिजल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार हुँदै आएको ग्यास अब एक हजार ४५० रुपैयाँ पुगेको छ ।
निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले वृद्धि भई ८६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।
मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा बताइएको छ ।