५६ मेगावाटको सानिमा हाइड्रोपावरले पायो निर्माण अनुमति, पीपीए हुन बाँकी

काठमाडौं । दोलखा जिल्लाको लामाबगरमा निर्माण हुन लागेको जुमखोला जलविद्युत आयोजनाले निर्माणको अनुमति पाएको छ । उक्त आयोजना निर्माण तथा आयोजना स्थलको पहुँचमार्ग र प्रसारण लाइन जडान गर्नको लागि १० अर्ब खर्च हुने अनुमान आयोजनले गरेको छ । सानिमा हाइड्रोले निर्माण गर्न लागेको उक्त परियोजना निर्माणको अनुमति विद्युत विकास विभागले दिएको हो ।

उक्त आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल नजिकै निर्माण हुने छ । ग्रीड कनेक्सन एग्रिमेन्ट भइसक ेपनि टेक अर पे पीपीए रोकिएकोले आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भने हुन सकेको छैन् । आयोजना निर्माण सुरु गरेको मितिले ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

त्यस ठाउँमा दुगड ग्रुपको १६० मेगावाटको नासा हाइड्रोपावर, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ग्रुपको ५२ मेगावाटको ल्याप्चे खोला र माथिल्लो तामाकोशीकै २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणकै क्रममा रहेकाले सबै आयोजना मिलेर बाटो बनाउन सक्ने विकल्प आयोजनाहरुसँग छ।

एक हजार पाँच सय मिटर मात्रै मुख्य सुरुङमार्ग निर्माण गर्दा २५० मिटरको उचाइ आउने भएकाले जुमखोला आयोजना निकै आकर्षक मानिएको छ ।

अडिट टनेलसहित २५ सय मिटर मात्रै सुरुङमार्ग निर्माण हुने आयोजनामा २५० मिटर उचाइबाट पानी खसाएर १४ मेगावाट क्षमताका ४ वटा टर्बाइनबाट ५६ मेगावाट विद्युत उत्पादन गर्ने योजना प्रवद्र्धक कम्पनीले बनाएको छ ।

पहुँचमार्ग निर्माणमा खासै खर्च नभएपनि आयोजनाको उत्पादित विद्युत गर्ज्याङस्थित सवस्टेसनमा जोड्न ३५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु पर्नेछ । पहुँचमार्गका लागि भने सरकार आफैले चीनसँग जोड्ने बाटो निर्माण गरिरहेकोले त्यति खर्च नहुने देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स