प्रधानमन्त्रीको भारत भ्रमणः जगेडा बिजुली खरिद गर्नेदेखि बंगलादेश जान दिनेसम्मको ऐतिहासिक सहमति

काठमाडौं । भारतले नेपालमा जगेडा भएको बिजुली आफूले खरिद गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको औपचारिक छलफलपछि नेपालमा जगेडा भएको विद्युत सरकारले खरिद गर्ने घोषणा गरेको हो । नेपाल–भारतबीच जगेडा बिजुली किन्ने, बंगलादेशसम्म जान दिने तथा पहिलोपटक समान आधारमा तय गर्नेसम्मको सहमति भएको छ ।

दुई देशबीच भएको सहमति पछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि भारतले नेपालको बिजुली खरिद गर्ने छ । भिजन स्टेटमेन्ट बुँदामा परेको यो विषयलाई भारतीय विद्युत् मन्त्री र नेपालको ऊर्जा मन्त्रीबीच साइडलाइनमा छलफल पनि भएको प्रधानमन्त्री देउवाले भ्रमण टोलीलाई जानकारी गराएका भ्रमण टोलीमा सहभागी उच्च अधिकारीले हाम्रोअर्थलाई जानकारी गराए । हाम्रो लागि बीबीआईएन नै ठूलो हो ।

भिजन स्टेटमेन्टमा दुई देशबीचको ऊर्जा सहकार्य बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने उल्लेख छ । यसको अर्थ नेपालले बंगलादेशसम्म आफ्नो बिजुली बिक्री गर्न पाउनु हो ।

भिजन स्टेटमेन्टमा जलविद्युत्को संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात–निर्यात गर्ने, दुबै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण उल्लेख गरिएको छ ।

यसका साथै भारतले नेपालसँगको ऊर्जा सहकार्यलाई पहिलोपटक जलवायु परिवर्तनको मुद्दासँग जोडेर सहकार्य गर्ने सहमति गरेको छ । भिजन स्टेटमेन्टको अर्काे बुँदामा भारतले ग्लास्गो सम्मेलन (कोप २६) र सन् २०१५ को पेरिस सम्मेलनमा गरेको प्रतिबद्धता पूरा गर्न नेपालसँग जलविद्युत्मा सहकार्य गर्ने घोषणा गरेको छ ।

भारतले नेपालसँगको जलविद्युत् सहकार्यलाई आधारशिला बनाउने सहमति पनि गरेको छ । नेपालले पनि भारतीय लगानीकर्तालाई आमन्त्रण गरेको घोषणा भिजन स्टेटमेन्टमा गरेको छ । भारतीय लगानीकर्ताहरुलाई जलविद्युत् लगायत नवीकरणीय ऊर्जामा फाइदा हुने बताइएको छ । यसले दुवै देशमा रोजगाारी सिर्जना, औद्योगिकीकरण, अर्थतन्त्रको सुदृढीकरण, विदेशी मुद्रा आर्जनलगायतका फाइदाहरू हुन सक्ने भन्दै नेपालले भारतीय लगानीकर्तालाई निमन्त्रण गरेको हो ।

नेपालले बंगलादेशसम्म विद्युत निर्यात गर्न पाउने विषयलाई ऐतिहासिक र ठूलो उपलब्धीको रुपमा लिएको छ । अहिलेसम्म भारतकै असहयोगका कारण बंगलादेशसम्म नेपालले बिजुली निर्यात गर्न पाएको थिएन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमतिअनुसार अब आगामी दिनमा नेपालमा हुने जगेडा बिजुलीले भारतमा निर्वाध प्रवेश पाउने भएको छ । अब भारतीय विद्युत् मन्त्री राजकुमार सिंहले नेपालको आगामी जगेडा बिजुली खरिद गर्न प्रक्रिया अघि बढाउने भएका छन् ।

यसअघि भारतले आफूले बनाएको त्रिशुली र देवीघाट (जम्मा ३९ मेगावाट) मात्र बिजुली खरिद गर्दै आएको थियो । विद्युत खरिदका लागि भारतले नेपालले माथिल्लो तामाकोसी (४५६ मेगावाट), भोटेकोसी (४५ मेगावाट) लगायतका ७ सय मेगावाटका आयोजनाको सूचीसहित भारतीय विद्युत मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

२०५२ साल माघ २९ गते भएको महाकाली सन्धिमा ६ महिनाभित्र पञ्चेश्वरको डीपीआर तयार गर्न सहमति भएको थियो । दुई देशबीच महाकाली सन्धिको अभिन्न अंग मानिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको दू्रतगतिमा यसको विस्तृत प्रतिवेदन (डीपीआर) ६ महिनाभित्र निर्माण गर्ने भिजन स्टेटमेन्टमा उल्लेख गरएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स