अपि पवारको तेस्रो हकप्रद चैत २५ गतेदेखि

काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि १ करोड ८६ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्य र संस्थापक सदस्यका लागि सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १ अर्ब ८६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीका संयोजक गुरू प्रसाद न्याउपानेले जनाएको छ । उनका अनसार चुक्ता पुँजीको १ः०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको छ ।

आवेदकले बैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक तोकिएको छ । निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गरी आयोजनामा लगानी गर्न २ अर्ब २२ करोड रुपैयाँ संकलन गर्नका लागि सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले यसअघि २ चरणको हकप्रद सेयर निष्कासन गरीसकेको छ । पहिलो चरणमा ५६.७ करोड रुपैयाँको र दोस्रो चरणमा पनि ५६.७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण गरेको साढे १६ मेगावाटको नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना सञ्चालनमा छन् । ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयाजना निर्माणाधीन छ ।

४ मेगावाटको चन्द्रनिहापुर र १ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएको छ । १ मेगावाटको सौर्य आयाजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले ८ मेगावाटको अर्को सौर्य विद्युत आयोजना निर्माण गर्न बैंक अफ काठमाडौंसँग वित्तीय व्यवस्थापन सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स