साहस ऊर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आज साउन २९ गते) देखि साधारण सेयर ‘आईपीओ’ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरूले आवेदन दिन पाउने छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, आईपीओमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स