सस्तोमा पेट्रोलियम पदार्थ आयात भएपनि आयाल निगमले मूल्य घटाएन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटबढ नहुने भएको छ । नेपाल आयाल निगमलाई भारतबाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य घटे पनि घाटा कम गर्न निगमले मूल्य नघटाउने भएको हो ।

निगमलाई पेट्रोलियम पदार्थमा अघिल्लो १५ दिनको भन्दा सस्तो पर्ने भएपनि घाटा कम गर्न मूल्य नघटाउन लागिएको निगम स्रोतले जानकारी दिएको छ ।

भारतबाट तेलको मूल्य घटेर आएपनि मासिक घाटा ३ अर्ब रूपैयाँ भन्दा बढी घाटा देखिएकाले मूल्य नघटाइने निर्णयमा पुगेको ती अधिकारीले बताए ।

पछिल्लो पटक भारतीय आयल निगमले पुस १ गते पठाएको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४४ पैसा, डिलेजमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा छ ।

निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मट्टितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ । हवाई इन्धन र मट्टितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन । घाटा पूर्ति गर्न निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाबमा रहेको छ ।

निगमले पछिल्लो पटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमका अनुसार अहिले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३६, डिलेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।

पछिल्लो पटक नेपालमा मूल्य समायोजन पश्चात पनि भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स