काठमाडौं । ठिक एक हप्ता अघिको कुरा हो, उद्योगीहरुले विद्युत नपाएर उद्योग बन्द गर्न बाध्य छौं भन्दै पत्रकार सम्मेलन नै गरे । उनीहरुले दैनिक आधा समय मात्रै विद्युत पाएको आधा समय उद्योग बन्द गरेर बस्नु परेको गुनासो पोखे ।
निर्माण क्षेत्रको सम्बनधीत उद्योगहरुको त अहिले ‘सिजन’ नै भएकोले धेरै मर्का परेको बताएका थिए ।त्यस्तै गरि अनय उत्पादनमूलक उद्योगहरुले पनि विद्युत नपाएर उद्योग बन्द गराउनुपरेको बताएका थिए ।
यस्तो अवस्था सिर्जना हुन समग्र राज्यको लागि नै बिडम्बना थियो नै । अर्थतन्त्र केहि वर्षदेखि निष्क्रिय छ । अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्दै सरकारले पनि बहस चलाएको धेरै भैसक्यो ।
नेपालमा वस्तु उत्पादन बढाउनु, निर्यात बढाउनु, वस्तुको खपत बढाउनु जस्ता काममा सरकारले ध्यान दिनुपर्ने हो । तर उद्योगहरु संचालन हुने बाटो मै छैनन् । भनिरहँदा देशमा राम्रो भैरहेको छैन भन्ने भान सबैलाई थियो ।
त्यसको कारण खोजी गर्दै जाँदा विद्युत व्यवस्थापन गर्ने निकायका कार्यकारी निर्देशक नै प्रमुख रहेको उद्योगीहरुको भनाई थियो ।
एक हप्ता अघि सम्म कार्यकारी निर्देशक रहेका कुलमान घिसिङले इगोको कारण विद्युत नदिएको आशय उद्योगीहरुको थियो ।
अहिले यथार्थमा उक्त कुरा केहिहदसम्म सहि पनि निस्केको छ । घिसिङलाई सरकारले निकाले र नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य ल्याएको छ । उनी आउने वित्तिकै उद्योगहरुले विद्युत पाएको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको विज्ञप्ती नै जारी गरेको छ ।
संघले आज एक विज्ञप्ती जारी गर्दै औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भएकोमा हर्षित र उत्साहित भएको जनाएको हो ।
यसअघि औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण नेपालका सीमित निर्यातमुखी उद्योगमध्येको अग्रणी धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि नै गम्भीर असर परेको संघको भनाइ छ ।
‘घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवद्र्धनमा असर परिरहेको छ’, विज्ञेप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा मित्रराष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा संघ हर्षित र उत्साहित भएको छ ।’
औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक, उर्जामन्त्री, परराष्ट्रमन्त्री तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीमा संघले आभार प्रकट गरेको छ ।
संघमा आवद्ध उद्योगहरुबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेको छ ।
वि।सं। २०५३ मा संघको स्थापना भएयता वार्षिक रुपमा करिब ४० हजार मेट्रिकटन धागो निर्यात गरिरहेको यस उद्योगले निर्यातमार्फत राज्यको ढुकुटी र अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेको छ ।
प्राधिकरणको काम नै विद्युत वयवस्थापन गर्नु हो । नेपालमा विद्युत नभएको समयमा आयत गरेर आपूर्ति वयवस्था मिलाउने र बढिरहेको समयमा विदेश समेत निर्यात गर्ने काम गर्न सक्ुन पर्छ । कुलमान घिसिङ पहिलो पटक कार्यकारी निर्देशक भएर आउँदा पनि उनले यसरी नै विद्युत वयवस्थापन गरेर सर्वसाधारणलाई विद्युतको व्यवस्था मिलाएका थिए । जसले उनलाई निकै चर्चित समेत बनाएको थियो । तर उनले पछिल्लो सयम भने सरकारको निर्देशन नै नमान्ने, उद्योगमा विद्युत चाहिदैन भन्ने अभिव्यक्ति दिने गर्दा विवादमा तानिएका थिए ।