कुलमान हटाएर नियुक्त भएका हितेन्द्रदेव शाक्यले प्राधिकरणमा सम्हाले कार्यभार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन्। सरकारले प्राधिकरणका कायकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाए पछि उक्त पदमा शाक्यलाई नियुक्त गरेको हो ।

शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
शपथग्रहण कार्यक्रममा उर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने वक्यौता मन्त्रीपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकहरुलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिए । मन्त्री खड्काले उर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन समेत दिएका छन् ।
मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे  ।
दक्षिण एशियाकै उत्कृष्ट इन्जिनियरका अवार्ड समेत पाउनुभएका शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक समेत भइसकेका छन् ।  वि.स २०७८ साउन २५ मा तत्कालिन कार्यकारी निर्देशक शाक्यलाई हटाएर सरकारले दोस्रो कार्यकालका लागि कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकारले शाक्यलाई कार्यकारी निर्देशकको पदबहाली गरिसकेको र घिसिङलाई बर्खास्तको पत्र दिएको जानकारी दिएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाएर शाक्यलाई उक्त पदमा नियुक्त गरेको ह ।

मंगलबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट नियुक्तिपत्र लिएर शाक्य प्राधिकरण मुख्यालय पुगेका हुन् ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्दै अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने बताएका छन् ।

पदबहाली क्रममा पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।

प्रतिक्रिया

हेडलाइन्स