बुटवल पावर कम्पनीको यस्तो छ पहिलो त्रैमासको वित्तीय अवस्था

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट २० करोड ९० लाख रुपैयाँ कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७१ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२.०७ प्रतिशत घटेर ६ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले साढे ७ करोड नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.३६ प्रतिशत घटेको छ भने अन्य आम्दानी १६९.१२ प्रतिशत र सञ्चालन मुनाफा ५.७५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६ पैसा घटेर ७ रुपैयाँ ७५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स