काठमाडौं । १५ दिनपछि पुनः विद्युत लाइन काट्ने नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले मन्त्रीपरिषद्को निर्णय बमोजिम लाइन जोडिएको १५ दिनभित्र बक्यौता नदिए लाइन काट्ने बताएका हुन् ।
ट्रंकलाइन र डेडिकेटेडलाइको बक्यौता रहेको भन्दै घिसिङले कात्तिक ८ गते २८ वटा उद्योगको लाइन काटेका थिए । तर मन्त्रीपरिषद्को बैठकले लाइन जोड्ने निर्णय गरेपछि आज घिसिङले सबै उद्योगमा विद्युत प्रवाह भएको जानाकारी दिएका हुन् ।
तर घिसिङले भने सरकारले निर्देशन नदिएको भए झन् छिट्टै विषय समाधान हुने बताएका छन् । सरकारको कारण बक्यौताको विषय गिजोलिएको बताए । अन्तिम चरणमा पुगेपछि सरकारको निर्देशन आवश्यक नै नरहेको उनको भनाई छ ।
उनी भन्छन,‘ उद्योगलाई सार्वजनिक सुचना मार्फत ताकेता गर्दा पनि महशुल तिर्न उद्योगीहरुले आनाकानी गरेको हुन् । त्यसकारण लाईन काटिएको हो।’
यो पटकपटक भएकोले अब १५ दिन भित्र भने बक्यौता तिर्नैपने उनको भनाई छ ।