२० दिन पछि उद्योगमा विद्युत लाइन जोडिदै

काठमाडौं । २० दिन पछि विद्युत लाइन काटिएको उद्योगहरुमा जडान हुने भएको छ ।
मन्त्रीपरिषद्को निर्णय पछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टिओडीमिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको थियो । भने लाइन जोड्ने निर्णय समेत भएको थियो ।

त्यसलाई संचालक समितिले कार्यन्वयन गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते लाइन काटिएको हो । अब २० दिन पछि जोडिने भएको हो ।

अब अफ्यारोमा भने प्राधिकरण पर्ने भएको छ । प्रमाण देखाउँदै बक्यौता तिर्दै जाने निर्णय मन्त्रीपरिषद्बाट आएकोले प्राधिकरणले मिटरको बिल देखाउनुपर्ने छ । तर डिओडी मिटरको बिल देखाउन भने मुस्किल रहेको प्राधिकरणकै भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स