भदौमा ७९ अर्ब ४१ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं । भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार भदौंमा ७९ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिटयान्स भित्रिएको थियो ।

चालु आवको पहिलो २ महिनामा १ खर्ब ५५ अर्ब ३७ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८,४९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई १ अर्ब ७१ अर्ब ९२ रुपैयाँ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स