१४ म्यानपावर कम्पनीलाई गर्यो वैदेशिक रोजगार विभागले निलम्बन (नामसहित)

काठमाडौं । शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको आरोपमा वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले सूचना प्रकाशित गरी १४ वटा संस्थालाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको जनाएको हो ।

म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि पठाएको उजुरी परेको थियो । सो उजुरीको सम्बन्धमा विभागले अनुसन्धान गरिरहेको छ ।

उक्त विषयमा भएको प्रारम्भिक अनुसन्धानबाट १४ वटा संस्था संलग्न भएको देखिएको आधारमा विभागले निलम्बन गरी थप अनुसन्धान गर्ने निर्णय गरेको विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स