कोरियन भाषा परीक्षामा ३ हजार ४५३ जनाले निकाले नाम, भोलि सीप परीक्षण हुने(सूचीसहित)

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । उक्त परीक्षामा ३ हजार ४ सय ५३ जना उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १० हजार ३ सय ९८ जनामध्ये ३ हजार ४ सय ५३ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले सो नतिजा प्रकाशित गरेको हो ।

कोरियामा नेपाली कामदार पठाउन गत माघ १८ देखि फागुन ५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिएको थियो । मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली पठाउन लागिएको हो ।

भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको यही फागुन ८ गते भैँसेपाटीमा सीप परीक्षण हुने ईपीएस शाखाले जानकारी दिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/02/Announcement-Skill.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स