ई–९ भिसामा कोरिया गएका कामदार १० वर्ष बस्न पाउने व्यवस्था आउँदै

काठमाडौं । ई–९ भिसामा दक्षिण कोरिया गएका कामदार १० वर्ष बस्न पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । दक्षिण कोरिया सरकारले ई–९ भिसामा कोरिया प्रवेश गरेका र कोरियामा लामो समयसम्म आफ्नो काममा दक्षता प्राप्त गरेका तथा गर्न संघर्षरत विदेशी कामदारहरूको लागि कोरियामा लगातार १० वर्षसम्म बस्न पाउने योजना बनाएको हो । यो योजना पारित भएमा एक पटक काम गर्नका लागि कोरिया पुगेका कामदारले लगातार १० वर्ष त्यहिनै बसेर काम गर्न पाउने छन् ।

कोरिया श्रम मन्त्रालयले आप्रवासी कामदारहरूको लागि हालको रोजगार अनुमती प्रणाली अन्तर्गत ई–९ भिसामा कोरिया प्रवेश गर्नेहरूको लागि अधिकतम ४ वर्ष १० महिना पहिलो कार्यकाल रहेको छ । सो कार्यकाललाई बढाएर अब मन्त्रालयले १० वर्ष बनाउन लागेको हो ।

अहिले दक्षिण कोरियामा ४ वर्ष १० महिना बाहेक थप काम गर्न चाहनेहरूले स्वदेश फर्की पुन ःश्रम स्विकृतीको लागी आवेदन दिनुपर्ने बाध्यात्मकता व्यवस्था छ । यस्तो अवस्थामा पुनः कोरिया प्रवेश गर्न लामो समय लाग्ने भएकोले कोरियाली रोजगारदाताहरूलाई आफ्ना काम सिकिसकेका कामदार पठाउँदा झन्झटिलो हुने भएकोले यस्तो योजना आउन लागेको हो ।

कोरियामा एउटै कार्यस्थलमा ३० महिना वा सोभन्दा लामो समय वा आफ्नो सुरुको कम्पनीमा २४ महिना वा सोभन्दा बढी समय काम गरेका ई–९ भिसामा रहेका आप्रवासी कामदारहरूलाई दीर्घकालीन कामदारको रूपमा मान्यता दिई १० वर्षसम्म काम गर्ने सक्ने अनुमति प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
यस्ता छन् शर्तहरू

उत्पादन क्षेत्र, कृषि तथा निर्माण जस्ता अन्य उद्योगहरूमा काम गर्ने कामदारहरूले कम्तिमा २४ महिनासम्म एउटै रोजगारदातासँग वा आफ्नो पहिलो रोजगारदातासँग कम्तीमा १६ महिनाअनिवार्य काम गरेपछि मात्र यो योजनामा सहभागी हुन योग्य हुनेछन् ।

मन्त्रालयका अनुसार कामदारहरूले थप रूपमा सरकारको सोसियल ईन्टिग्रेसन ऐजुकेशन र कोरियाली भाषा परीक्षामा (टपिक अथवा साह्वेथोङहाप) एक निश्चित तह उत्तीर्ण गर्नुपर्ने अनिवार्य शर्त लागू गरेको छ ।

यो योजना हाल श्रम मन्त्रालयले अगाडी सारेको हुनाले यो योजना उपर न्याय मन्त्रालयसँगको संयुक्त परामर्शपछि अधिकतम कतिसम्म भिषा अवधि थप्न सकिने भन्ने टुंगो लाग्ने छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स