न्युनतम तलब सुविधा माग गर्दै जी४एसका कर्मचारी आन्दोलित

काठमाडौं । राज्यले तोकेको न्युनतम तलब सुविधा नदिएको भन्दै ग्रुप४सेक्युरिटी (जी४एस)का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । राज्यले कर्मचारी तथा श्रमिकका लागि तोकेको न्युनतम तलब सुविधा माग गर्दै जी४एसका कर्मचारी आन्दोलित भएका हुन् ।

सरकारले २०७८ साउन १ गतेदेखि लागु हुनेगरी न्युनतम तलब १५ हजार रुपैयाँ तोकेका थियो । तर, न्युनतम तलब राज्यद्वारा घोषणा भएको ६ महिना पुरा हुँदा पनि जी४एसको व्यवस्थापन उक्त तलब सुविधा कटौती गरेकाले कर्मचारीहरु बाध्यभएर आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राज्यले तोके बमोजिम पारिश्रमिक र सामाजिक सुरक्षा गरी औषधी, २४ घण्टे दुर्घटना बीमा, चाडपर्व खर्च, वार्षिक ग्रेड, बिमारी बिदा, घर बिदा, क्रिया बिदा, प्रसुती बिदा, सार्वजनिक बिदालगायत सुविधा काममा लगाएकै दिनबाट लागु हुनेगरी कार्यान्वयमा ल्याउन आन्दोलनमा उत्रिनु परेका बताएका छन् ।

उनीहरुले व्यवस्थापनसँग ७ सूत्रीय माग राखेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स