काठमाडौं । नेपालमा रेमिट्यान्स अप्रवाह बढिरहँदा विदेश काम गर्न जानेको संख्या पनि उलेख्य रहेको पाइएको छ । चालू आर्थिक वर्षको सुरु भए यता विदेश जानेको संख्या अधिक नै रहेको देखिएको हो ।
चालु आर्थिक वर्ष २०८१\०८२ को साउनमा ५९ हजार जना विदेश काम गर्न गएकोमा भदौमा ५७ हजार श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
जुन तथ्याङ नेपालबाट नयाँ श्रम स्विकृत लिएर विदेश जानेको हो ।
तर विदेशमा काम गर्नको लागि श्रम स्विकृति विदेशबाट समेत थप हुँदै आइरहेको छ । त्यसले विदेशमा अवधी बढाएर र नयाँ काम गर्न जानेको संख्या धेरै रहेको छ ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार र २ लाख ७७ हजार रहेको थियो ।
गत आर्थिक वर्ष १४ खर्ब ४५ अर्ब त रेमिट्यान्स नै भित्रिएको थियो ।