बागमतीमा राप्रपाका मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाईमन्त्री उद्धव थापाले दिउँसो राजीनामाको तयारी भइरहेको जानकारी गराएका थिए । राप्रपाबाट प्रदेश सरकारमा संसदीय दलका नेता थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्ट सहभागी थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स