चितवन २ मा उपनिर्वाचन हुने

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुने निश्चित भएको हो ।

सर्वोच्चबाट विपक्षमा फैसला आएसँगै रविमाथि गृहमन्त्री पद छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

चिनवन– २ बाट लामिछाने सर्वाधिक मत ल्याएर प्रतिनिधिसभा निर्वाचमा विजयी भएका थिए । उनले ४९ हजार ३०० मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स