सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पुरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् ।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका छन् र नागरिकता त्यागेको निस्सा पनि पाइसकेकाले उनले चाहेमा तत्काल नागरिकताका लागि प्रक्रिया अघि बढाउन सक्ने देखिएको छ । अमेरिकी नागरिकताको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएका हुन् । रवि आफैको लापरवाहीका कारण उनको सांसद पद गएको हो ।लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेपछि अर्थात आफू प्रतिनिधिसभाको चुनावमा उठ्नु अघि नै स्वदेशी नागरिता पुनः प्राप्ती गर्ने प्रक्रिया अघि बढाएको भए अहिले यो अवस्था आउने थिएन ।
जिल्ला प्रशासन कार्यालयकाअनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भने प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपी जारी गर्न सकिने देखिएको छ ।
‘सर्वोच्च अदालतको संक्षिप्त निर्णय थाह पायौं, कुनै नकारात्मक टिप्पणी वा निर्देशनात्मक आदेश छैन भने हामीले तत्काल नागरिकता दिन सक्छौं’ जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने, ‘तर अदालतकै आदेश भएकाले एकपटक गृह मन्त्रालयसँग परामर्श गर्नुपर्छ ।