मन्त्रीमण्डल विस्तार, शपथको कार्यक्रम सकियो, १७ नयाँ अनुहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार जना उपप्रधान मन्त्री सहित मन्त्रीमण्डल विस्तार गरेर २३ सदस्यीय बनाएका छन् । २३ सदस्यीय मन्त्रिमण्डलमा चार जना उपप्रधानमन्त्री छन् । २ उपप्रधानमन्त्री पुरानै अनुहारका छन् भने २ नयाँ अनुहार छन् ।

पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रीमण्डल बनाएका हुन् ।

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन् । प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रीमण्डलमा ६ जना पहिला पनि मन्त्री भएका अनुहार छन् भने बाँकी नयाँ अनुहार छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स