को बन्ला राष्ट्रपति ? सुवाष, झलनाथ कि रामचन्द्र या महन्त वा ओनसरी ?

काठमाडौं । आज निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची प्रकाशित गर्नेछ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको विर्नाचन प्रत्यक्षतर्फको सांसदहरूको टुंगो लागिसकेको छ भने समानुपातिक सांसदको अन्तिम सूची पनि आज नै प्रकाशित गर्ने कार्यतालिका निर्वाचन आयोगले तयार पारेको छ ।

समानुपातिक सांसदको टुंगो लागेपछि चुनावमा निर्वाचित ठूला पार्टी नेपाली कांग्रेस र एमालेले सरकारको दावी गर्नु स्वभाविकै हो । एकातिर कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी राजमो र नेपाल समाजवादी, लोसपासमेतका पार्टीहरूको सत्ताधारी गठबन्धन भने अर्कोतर्फ नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपा, र राप्रपा नेपालसहितको गठबन्धन छ ।

यो गठबन्धनअनुसार नेपाली कांग्रेसको सरकार बन्ने निश्चित जस्तै भएको छ । नेपाली कांग्रेसले चुनावमा त्यसैपनि बढी सिट ल्याएको अनि गठबन्धनसहित उसैसँग धेरै सिट रहेको जगजाहेर नै छ । यस हैसियतले पनि ठूलो गठबन्धन धेरै सिट भएका कारणले पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नु स्वभाविक हो ।

प्रधानमन्त्री सरकार जाने पार्टीहरूको तर्फबाट भएपछि राष्ट्रपति र सभामुख प्रतिपक्षबाट बन्ने अभ्यास छ । राजनीतिक वृत्तलाई हेर्दा राष्ट्रपति र सभामुखकोे आंकाक्षी धेरै भएपनि सरकारले कसलाई राष्ट्रपति र सभामुख बनाउँछ भन्ने हो । कांग्रेस सरकारमा गएपछि राष्ट्रपति र सभामुखको जिम्मेवारी फेरि पनि नेकपा एमालेको पोल्टामा पर्ने देखिएको छ ।

लामो समय राजनीतिमा भिजेका बयोवृद्ध अवस्थामा पुगेका नेताहरूले राष्ट्रपतिको आकांक्षा राख्नु स्वभाविक पनि हो । राष्ट्रपतिजस्तो गरिमाय पदका लागि को को आकांक्षी हुन सक्छन् भन्ने अहिले सर्वत्र चासोको विषय पनि हो ।
नेकपा एमालेले फेरि पनि राष्ट्रपति बनाउन पायो भने कसलाई बनाउँला त भन्दा संविधानसभाका सभामूख सुवाषचन्द्र नेम्वाङ बलियो दावेदार हुन भने अर्का नेता झलनाथ खनाल पनि हुन् । अहिले खनाल नेकपा एकीकृत समाजवादीमा रहेका छन् । उनको पनि आकांक्षा हुन सक्छ राष्ट्रपति बन्ने ।

यसका साथै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्त ठाकुर, नेपाली कांग्रेसका रामचन्द्र पौडेल पनि राष्ट्रपति पाए बन्ने लाइनमा छन् । त्यसरी माओवादीबाट ओनसरी घर्ती मगर पनि राष्ट्रपति बन्ने लाइनमा छिन् । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनावमा पराजय भएकी घर्ती पनि अहिले राष्ट्रपतिकी बलियो दावेदार हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स