‘नो नट अगेन’ मध्ये को को परे ‘वान्स् मोर’ मा

काठमाडौं । अहिलेको निर्वाचनमा जति आफ्नो पार्टी र उम्मेदवारलाई फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा चर्चा भयो त्यतिकै संख्यामा केहि अमुक र प्रसिद्ध राजनीतिज्ञलाई हराउनै भनेर पनि समाजिक संजालमा चर्चा भयो । ‘नो नट अगेन’ भनेर सामाजिक संञ्जालमा अभियाननै चलाइयो । प्रचण्ड, माधवकुमार नेपाल, केपी शर्मा ओली झलनाथ खनाल, शेर बहादुर देउवा, बाबुराम भट्टराई, लगायत जति पनि परिक्षण भइसकेका छन् र बुढेसकाल लागेका उमेर छन् अब त्यस्ता व्यक्तिलाई फेरि संसदमा पठाउन हुँदैन भन्दै ‘नो नट अगेन’ को सामाजिक अभियान लिएको थियो ।

अहिले निर्वचन पनि भइसकेको केही स्थानको बाहेक अधिकांस स्थानको नतिजा आईसकेकोे छ । जसलाई नो नट अगेन भनेर निर्वाचन अभियान चलाइएको थियो, तिनीहरू सबैजना प्रधानमन्त्री भईसकेका र हेभिवेएट नेताको रुपमा चिनिन्थे ।
माओवादी अध्यक्ष पुष्प कमल दाहालले त मलाई नो ‘नट अगेन’ होइन ‘वान्स मोर ’ भन्नुस भनेका थिए ।

को को परे त वान्स मोरमा
१. शेरबहादुर देउवाः डडेलधुराको प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा अहिले पनि डडेल्लधुराबाट निर्वाचित भएका छन् । उनले २५ हजार ५ सय ३४ जनाको सर्मथन पाएर विजय भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालले १३ हजार ४२ मत ल्याएर चुनौति दिएका थिए । अब हजुरबुबा पुस्ता देश चलाउन दिन हुँदैन भन्दै सागर ढकाल गुल्मी देखिनै शेर बहादुरलाई हराउन डडेलधुरा हिँडेका थिए । एमालेको सर्मथनमा बिपी कांग्रेसका कर्ण बहादुर मल्लले ७ हजार ५३५ मत ल्याएका थिए । यसरी हेर्दा नो नट अगेनमा परेका शेरबहादुर देउवाले फेरि वान्स मोरको चान्स पाए ।

२. पुष्पकमल दाहाल (प्रचण्ड): माओवादी केन्द्रका अध्यक्ष जनयुद्धका सुप्रिम कमान्डर प्रचण्ड पनि ‘नो नट अगेन’ को अग्रभागमा थिए । उनले त अब चुनाव पछिको सरकार आफूले नेतृत्व गर्ने र उनलाई नो नट अगेन होइन वान्स मारे भन्नु पर्ने बताए । चितवनबाट चुनाव लड्दै आएका प्रचण्डले अहिले भने गोरखा रोजेका छन् । रबि लामिछाने जस्तो चर्चा पाएका व्यक्ति उनको ठाउँमा चुनाव लड्न आएपछि उनी उनी गोरखा पुगेको राजनीतिक वृतमा सुन्न पाइन्छ ।
उनले संसदमा जाने ग्रिन कार्ड पाएका छन् । उनले गोरखाबाट २६ हजार १०३ मत ल्याएर विजय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटिले १२ हजार ६३९ मत ल्याएका थिए । त्यस्तै एमालेका अब्दुल सलाम मियाले ७ हजार ३९५ मत ल्याएका थिए ।

माधवकुमार नेपाल: एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनलाई पनि ‘नो नट अगेन’ को सूचीमा राखिएको थियो । उनले रौतहतबाट चुनाव लडेका छन् । उनले ३३ हजार ५२२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका थिए । त्यस्तै जनमत पार्टीका राजेन्द्र प्रसाद साहले १ हजार ४१८ मत ल्याएका थिए । उनी पनि नट अगेन मध्ये वान्स मोरमा पुगेका छन् ।

केपी शर्मा ओलि: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई नो नट अगेनको सुचिमा राखिएको थियो । उनले ५२,३१९ जना झापालि जनताको मत पाएका थिए । नेपाली कांग्रेसका खगेन्द्र अधिकारिले २३,७४३ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार पोखरेलले ११,७४९ मत ल्याएका छन् । उनले पनि प्रतिनिधि सभामा जानको लागि ग्रिन सिङ्गल पाएका छन् ।

झलनाथ खनाल : पूर्व प्रधानमन्त्री समेत बनिसकेका एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि ‘नो नट अगेन’ को लिस्टमा परेका थिए । उनको चुनावी नतिजा आउँन बाँकी छँदा नेपाली कांग्रेसका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १३ हजार ७४६ मत ल्याउँदा ११ हजार ७१२ को मतले पछ्याएका छन् । उनी २०३४ मतले पछि परेका छन् । महेश बस्नेतले अग्रता कायम राख्दै जाने हो भने ‘नो नट अगेन’को छडी भने यिनलाई लाग्न सक्ने देखिन्छ ।

अर्का नेता बाबुराम भटृराईलाई पनि नो नट अगेनको सूचीमा राखिएको थियो तर यसपालि उनी सक्रिय राजनीतिमा भाग लिएनन् ।

अन्तमा, नो नट अगेनको अभियान समाजिक संजालमा मात्रै चर्चित भएको देखिन्छ । यसले साच्चिकै मतदाताको विचारमा परिवर्तन ल्याउन नसके पनि । सामाजिक सचेतना र टेस्टेड व्यक्तित्व प्रति जनाउ घन्टी भने अवश्य बजाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स