गोकुल बास्कोटा झन्डै ५ हजार मतान्तरले बिजयी

काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई हराए। शिवले जम्मा ३९ हजार चार सय ८२ मत ल्याएका छन्।

बाँस्कोटाले ५ हजार ८ सय ६३ मतान्तरले हुमागाईंलाई हराएका हुन्। यहाँ हुमागाईं सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

बाँस्कोटा २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स