समानुपातिक मतगणना जारीः कांग्रेस र एमाले ल्याए साढे ८ लाख बढी मत, अन्यको कति?

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ८ लाख ९४ हजार ४०९ मत पाएको छ । नेपाली कांग्रेसले ८ लाख ५७ हजार ६२१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३२ हजार ५७५ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ४ लाख २ हजार ४९९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ३३ हजार ३७५ मत पाएको छ ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले १ लाख १२ हजार ५७९ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६७ हजार ६१४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार ५४७, नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार ७०४ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार दुई सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार चार सय २३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार आठ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार एक सय ८६ मत पाएको छ ।

नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरूको समानुपातिकतर्फको मतसंख्या १० हजारभन्दा कम छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स