अर्थमन्त्रीका दावेदार उम्मेद्वारहरूको यस्तो आयो चुनावी परिणाम

देशको अर्थ सम्मन्धी नीति नियम तर्जुमा गर्ने, करको दर र दायराहरू निर्धारण गर्ने, देशका योजना र विकाससँग सिधै सम्बन्ध राख्ने अर्थात देशको खर्च र स्रोतको व्यवस्थापन गर्ने शक्तिशाली निकाय अर्थ मन्त्रालय हो । यो मन्त्रालयको जिम्मा प्रधानमन्त्रीको विश्वास जितेको र अर्थसम्बन्धी जानकारलाई दिने गरिन्छ ।

यति महत्वपूर्ण मन्त्रालयको जिम्मा लिन सक्ने उम्मेद्वारमध्ये नाम लिनुपर्दा नेपाली कांग्रेसका ज्ञानेन्द्र वहादुर कार्की, विश्व पौडेल र विनोद चौधरी, माओवादी केन्द्रका जनार्दन शर्मा, वर्षमान पुन र नेकपा एमालेका सुरेन्द्र पाण्डे अर्थमन्त्रीका लागि दावेदार हुन् ।

यद्यपि विश्व पौडेल, सुरेन्द्र पाण्डेले चुनाव जित्ने कममात्रै आशा गर्न सकिन्छ भने जनार्दन शर्माले जित्ने निश्चित भइसकेको छ भने ज्ञानेन्द्र वहादुर कार्कीको मतान्तर भने बढी रहेको छ । उद्योगपति विनोद चौधरीले पनि चुनाव जित्ने पक्का जस्तै भएको छ ।

जर्नादन शर्मा : रुकुम पश्चिमबाट प्रतिनिधी सभाको उम्मेदवारी दिएका अर्थमन्त्री जर्नादन शर्मा निकै फराकिलो मत्तान्तरले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ४ हजार ४९८ ल्याउँदा जर्नादनले ११ हजार ३५७ ल्याएका छन् । अहिलेसम्मको मत परिणाम हेर्दा उनले चुनाव जित्ने निश्चितजस्तै देखिएको छ ।

वर्षमान पुन: वर्षमान पुन माओवादीका पूर्व अर्थमन्त्री हुन् । उनले पनि ऊर्जा मन्त्रालय समालिसके पछि अर्थ मन्त्रालयको बागोडर सम्हालेका हुन् । उनले रोल्पा क्षेत्र नं.१ बाट विजय हासिल गरिसकेका छन् । उनी २५ हजार २२९ भारि मतान्तरले विजय भएका छन् । उनले ४१ हजार ७१४ मत ल्याउँदा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ ल्याएका थिए । माओवादी केन्द्र सरकारमा गएमा उनलाई अर्थमन्त्रीको रुपमा प्रचण्डले पठाउन सक्ने देखिएको छ ।

विनोद चौधरीः नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी अगाडि देखिएका छन् । उद्योगपति चौधरीले अहिलेसम्म २३ हजार ८०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी बनेका छन् । त्रिपाठीले १८ हजार १९७ मत प्राप्त गरेका छन् । चौधरी त्रिपाठीभन्दा ५ हजार ६११ मतले अगाडि रहेका छन् । चौधरीको अर्थमन्त्रीका साथै उद्योग मन्त्री बन्ने क्षमता राख्ने काविल व्यक्ति हुन् ।

ज्ञानेन्द्रबहादुर कार्कीः सुनसरी– ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पूर्व अर्थमन्त्री बनिसकेका र अहिलेको सरकारका सूचना तथा संञ्चार मन्त्री हुन् । अहिले मत गणना भइरहेको अवस्था उनी करिब १ सय झिनो अंकले एमालेका जंगदीश प्रसाद कौसियतभन्दा अगाडी छन् । उनले १२ हजार १२२ मत प्राप्त गरेका छन् उनका प्रतिद्वन्द्वी कौसियतले १२ हजार ५ मत प्राप्त गरेका छन् ।

सुरेन्द्र पाण्डे: नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डे पूर्व अर्थमन्त्री तथा अर्थ समितिका सदस्य पनि हुन् । उनको निर्वाचन क्षेत्र चितवन– १ सेयर लगानीकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालको अग्रता छ । चितवतन– १ बाटै नेपाली कांग्रेसका अर्थमन्त्रीका सम्भावित उम्मेदवार थिए । हरि ढकालले लिएको अग्रतालाई तोड्न नसक्दा सांसद भवनको यात्रामा दुबै अर्थविदको तुसारापाात हुने संकेत देखिएको छ ।

विश्व पौडेल: योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर रुख चुनाव चिन्ह्बाट चुनाव लड्न गएका विश्व पौडेल तेस्रो स्थानमा छन् । उनी करिब १० हजारभन्दा बढिको मतान्तरले पछि परेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छाडेर अर्थमन्त्री बन्ने महत्वकांक्षी योजना बोकेर संसद बन्न गएका पौडेलले निर्वाचन आफ्नो पक्षमा पार्न नसकेका कारण उनको हातबाट अर्थमन्त्री बन्ने अवसर गुमेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स