नवलपरासी–१ मा विनोद चौधरी ५ हजार ३११ मतले अगाडि

काठमाडौं । नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी अगाडि देखिएका छन् ।

उद्योगपति चौधरीले अहिलेसम्म २२ हजार २०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी बनेका छन् । त्रिपाठीले १६ हजार ८९७ मत प्राप्त गरेका छन् । चौधरी त्रिपाठीभन्दा ५ हजार ३११ मतले अगाडि रहेका छन् ।

चौधरी नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका हुन् । हालसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेस ले २८ स्थानमा विजय हासिल गरेको छ भने २६ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स