काठमाडौं । धेरैको चासो रहेको नेकपाका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचन क्षेत्र पनि हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा १३ सय ८० मतले पछि परेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाईंले ५३ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बाँस्कोटाले ४ हजार ६ मत ल्याएका छन् ।
यो मतान्तरका कारण बाँस्कोटालाई हार नजिक र शिव प्रसाद हुमागाईंलाई जित नजिक पुय्राएको देखिन्छ ।काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १,२, ३, ४, ५ र बनेपा नगरपालिका वडा १ र २ को मतगणनाको अन्तिम मतपरिणाम अनुसार बास्कोटा १३ सय ८० मतले पछि छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ९ सय ५१ मत पाएका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ को प्रत्यक्षतर्फ १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।