चितवन–२ रवि लामिछाने अगाडि, पछि पछि श्रेष्ठ

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । अहिलेसम्म लामिछानेले ३ हजार ९४९ मत पाएका छन्। यसअघि तेस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठ ३ हजार १७७ मतका साथ दोस्रो स्थानमा उक्लिएका छन् ।

यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका लामिछानेको मतको अग्रता बढ्न थालेका छन्। पहिलो स्थानमा रहेका कृष्णभक्त पोखरेल लामिछानेसँगको फराकिलो मतान्तरले तेस्रो स्थानमा झरेका छन्। उनले अहिलेसम्म २ हजार ७१२ मत पाएका छन् ।
पछिल्लो मत परिणामअनुसार लामिछानेले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स