काठमाडौं–४ मा थापा र भट्टराईबीच टक्कर

काठमाडौं  ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ ।

सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले  ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा  भट्टराईभन्दा ३५ मतले अघि छन् ।

राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स