झापा–३ मा सिटौलालाई पछि पार्दै राप्रपा लिङ्देन

काठमाडौं । २०७९ को प्रतिनिधि तथा प्रदेश निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अहिलेसम्मका मतगणना परिणामका आधारका झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले अगाडि देखिएका छन् ।

अहिलेसम्म ५ सय मत गन्दा लिङ्देनले २२७ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् । लिङ्देनलाई नेकपा एमालेको समर्थन रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स