२२ खर्ब व्यापार घाटा, जम्मा १२ खर्ब राजश्व उठ्छ कहाँबाट नेपाल विकास हुन्छ ? नेता चन्द्र भण्डारी

काठमाडौं . नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै आएको बताएका छन् ।बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारील यस्तो बताएका हुन् ।

नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता भएको बताए ।

‘आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै छौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा । कहाँबाट विकास गर्ने नेपालले,’ उनले भने ।

नेता भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताए ।

 

उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए । नेता भण्डारीले नेताहरुले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए । उनले राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए ।

उनले नेपाली राजनीतिमा बेइमान नेताहरु भएको बताए । बेइमान नेताहरुका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको प्रष्ट पारे । उनले खरको छाना हालेर बस्नेहरुलाई गरिब भनेर बिस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए ।

नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स