झापा । समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ ।
बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् ।
मेचीनगर–६ काँकडभिट्टामा रहेको यस क्याम्पसमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । भौतिक कक्षा सम्भव नहुने भएपछि क्याम्पसले पठनपाठन कार्यलाई सम्पूर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तरण गरेको क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
गत महिनादेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पसले पहिलो चरणमा क्याम्पस र शिक्षक समूहलाई प्रविधिमैत्री बनाउन पहल ग¥यो । यस क्रममा क्याम्पसमा ई–लाइब्रेरी, प्रोजेक्टर, इ–हाजिरी, इन्टरनेट, नेटवर्किङ, सीसी क्यामेरा, चेन्जिङ रुम र प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्थापन गरेको क्याम्पस प्रमुख उप्रेतीले बताए ।
कोरोना सङ्क्रमणको जोखिमका कारण भौतिक कक्षा चलाउन सम्भव भएन, पढाइ पनि रोक्नु हुँदैनथ्यो, क्याम्पस प्रमुख उप्रेतीले भने, त्यसकारण हामीले क्याम्पसलाई पूरै ‘डिजिटलाइज्ड’ स्वरुपमा लैजाने काम ग¥र्यौं । हाल शिक्षकहरुले क्याम्पस र घर दुवै स्थानबाट अनलाइन कक्षा चलाउन थालिसकेको र त्यसबाट विद्यार्थी लाभान्वित भएको उनको भनाइ छ ।
क्याम्पसले अनलाइन कक्षा सहजिकरणमा मद्दत पु¥याउन लागत साझेदारीमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप खरिदमा क्याम्पसले शिक्षकहरुलाई जनही रु ३० हजार अनुदान दिएको छ । ल्यापटप किन्न अरु खर्च शिक्षक आफैँले व्यहोरेका छन् ।
ल्यापटप किनेका शिक्षकलाई भर्चुअल कक्षा सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ भने जुमको अर्जिनल भर्सन पनि खरिद गरेको छ । प्रविधि प्रयोगमा सहजिकरणका लागि एक जना प्राविधिक विज्ञसमेत क्याम्पसले नियुक्त गरिसकेको छ ।
हाल हरेक बिहान ६ः३० बजेदेखि साढे १० बजेसम्म जुम प्रविधिबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले भौतिक कक्षामाभन्दा बढी सजिलो र लाभदायक अनुभूति गरेका बताएका छन् ।
कतिपय क्याम्पसहरुमा पढाई नभई परीक्षामा सामेल हुनुपरेको गुनासो आउने गरेका बेला काँकडभिट्टा बहुमुखी क्याम्पसले अनलाइन पढाउन तालिम र ल्यापटपसमेत दिएर शिक्षकहरुको हौसला बढाएको शिक्षक चक्र बानियाँले बताए ।
क्याम्पसका प्रविधि विज्ञ सुजन प्रधानका अनुसार पठनपाठनका लागि शिक्षक तथा विद्यार्थी दुबै पक्षलाई सुविधाजनक होस् भनेर जुमको नयाँ फिचर ‘रुम ब्रेक आउट टेक्नोलोजी’ अवलम्बन गरिएको बताए ।
यो प्रणालीअनुसार कक्षा सञ्चालन हुनु अघि शिक्षक तथा विद्यार्थी प्रतीक्षा कक्ष (वेइटिङ रुम) मा जुममार्फत प्रवेश गर्छन् । त्यसपछि प्रविधि संयोजनकर्ताले विषयअनुसार शिक्षक र विद्यार्थीलाई अलग अलग भर्चुअल कक्षामा लैजान्छन् ।
क्याम्पसमा हाल बीबीएस र बीएडको कक्षा सञ्चालन भइरहेको छ । अहिलेको प्रविधि सिकाइलाई भविष्यमा भौतिक कक्षा सञ्चालनका बेला स्मार्ट कक्षामा रुपान्तरण गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख उप्रेतीको भनाइ छ ।
क्याम्पसले हाल सञ्चालनमा ल्याएको इ–लाइब्रेरीमा ४० वटा कम्प्युटर पु¥याउने र हरेक कक्षाकोठामा स्मार्ट बोर्ड राख्ने लक्ष्य लिएको छ । सामुदायिक क्याम्पस भएकाले मेचीनगर नगरपालिकाले वार्षिक रु पाँच लाख र विश्वविद्यालय अनुदान आयोगले वार्षिक रु सात लाख ५० हजार अनुदान दिने गरेको छ । यसबाहेक समुदायबाट समेत क्याम्पसले सहयोग लिने गरेको छ ।
कोरोनाको महामारीले उत्पन्न गरेको विषम परिस्थितिको अन्त्य कहिले हुने निश्चित नभएको अवस्थामा क्याम्पसको पठनपाठन प्रक्रियालाई अघि बढाउन अझै थुप्रै योजना क्याम्पससँग रहेको र आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताए ।