नेपालबाट विदेशका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थी ३६ प्रतिशतले वृद्धि

काठमाडौं । विश्वभरका सीमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ ।

प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६ प्रतिशत विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ । अष्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ भने अमेरिका, बेलायत र युरोप पनि यस सूचीमा सामिल रहेका छन् ।

विदेशमा गएर अध्ययन गर्नु नेपालका धेरै विद्यार्थीहरूका लागि आकांक्षा हो । जसले अन्तर्राष्ट्रिय जीवनशैलीको अनुभव गर्न मन पराउँछन् । आफ्नो पाठ्यक्रम पूरा गरेपछि रोजगारीको लागि विशाल अवसरहरू खोज्दछन् र जो विदेशमा बस्न इच्छुक रहेका छन् । वास्तवमा, गत वर्षदेखि, ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाका आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिए ।

त्यसैगरी ४५ प्रतिशत विद्यार्थीहरु बेलायतका विश्वविद्यालयहरूमा भर्ना भए र १० प्रतिशत विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका छन् । यी विद्यार्थीमध्ये अधिकांश नेपालका बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रका रहेका छन् ।

अग्रणी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक नी बन्दारा भने, ‘विदेशका विश्वविद्यालयहरूमा आवेदन दिने नेपाली विद्यार्थीहरूको संख्यामा यस्तो उल्लेख्यनीय वृद्धि भएको देख्न पाउँदा हामी अत्यन्तै खुसी छौं। उनीहरू उत्तर अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा मुख्यतया आफ्नो शैक्षिक उत्कृष्टता हासिल गर्न, पार्ट टाइम जागिरका अवसरहरू खोज्न र स्नातकोत्तर कार्य अनुभवको लागि आकर्षित हुन्छन् ।’

नर्सिङ, जनस्वास्थ्य, बिजिनेश एड्मिनिस्ट्रेसन, इन्जिनियरिङ व्यवस्थापन, लेखा, सूचना प्रविधि, डाटा विज्ञान, प्रारम्भिक बाल्यकाल शिक्षा, शहरी योजना र इन्जिनियरिङ लगायतका अध्ययन कार्यक्रमहरू नेपाली विद्यार्थीहरूमाझ सबैभन्दा लोकप्रिय विषय रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स