एसईई परीक्षा आजदेखि शुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आज (चैत १५ गते) देखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड अनुसार आज बिहान ८ बजेदेखि ११ बजेसम्म एसईई परीक्षा सञ्चालन हुनेछ । आजदेखि २७ चैतसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले भयरहित ढंगले परीक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरेका छन्।  परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ।

नियमित तथा ग्रेडवृद्धितर्फ आज दिन अनिवार्य अंग्रेजीको परीक्षा रहेको छ । त्यस्तै, भोलि अनिवार्य नेपालीको परीक्षा रहेको छ । आइतबार १६ गते अनिवार्य गणित विषयको परीक्षा रहेको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स