फरवार्ड माइक्रोफाइनान्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ईलामको सन्दकपुर पालिकाको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्सले सन्दकपुर नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयको ७२औं वार्षिक उत्सवको अवसरमा बालबिकास केन्द्रमा अध्ययनरत बालबालिका हरुकालागि बिभिन्न किसिमका शैक्षिक सामाग्रीहरू हस्तान्तरण गरेको फरवार्डका सामान्य प्रशासन प्रमुख विनोदकुमार चौधरीले जानकारी दिए । माइक्रोफाइनान्सले उक्त अवसरमा कापी, कलम, खेदकुद सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै उनीहरुको सीप र क्षमतालाई व्यवसायीकरण गर्न सामुहिक जमानीमा कर्जा प्रवाह गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउँदै फरवार्डले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको सामान्य प्रशासन प्रमुख चौधरीले बताए ।

लघुवित्त कार्यक्रमका कारण देशका लाखौं महिला दिदिबहिनीहरु आत्मनिर्भर तथा स्वरोजगार भएको जनाउँदै चौधरीले शिक्षा क्षेत्रको विकास, सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि संस्थाले सहयोग गर्दै आइरहेको जिकीर गरे । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्डले देशका ४० जिल्लाहरुमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स