काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली सर्टिफिकेटको अनुसन्धान थालेको छ । बैंक तथा वित्तीय संस्थादेखि सरकारको विभिन्न निकायमा कार्यरत उच्च पदस्थदेखि कर्मचारीसम्मको शंकास्पद शैक्षिक प्रमाणपत्र छानबिन गर्न थालेको छ ।
यसरी अघि बढेको ब्यूरोले के नेपाल सरकारको सार्वजनिक संस्थानमा रहेका कार्यकारी प्रमुख, प्रबन्ध निर्देशकको समेत शैक्षिक प्रमाणपत्र छानबिन गर्नुपर्ने देखिएको छ । सार्वजनिक संस्थानमा पनि यस्ता नक्कली प्रमाणपत्र धारीको संख्या कम नभएको विशेष स्रोतले बताएको छ । सोहि कारण यस्ता नक्कली प्रमाण ल्याएर राज्यका विभिन्न अंकमा रहेका कर्मचारीलाई छानबिन गरी कानुनको कठघरामा ल्याउनु पर्ने विशेष स्रोतले बताएको छ ।