गायक योगेश्वर अमात्यद्वारा विद्यालयलाई टेलिस्कोप प्रदान

काठमाडौं । गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण गरिएको हो ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सो विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरलाई विहीबार सो उपकरण हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष भट्टराईले विद्यालय प्रशासन एवं विद्यार्थीलाई निरन्तर सहयोग रहने बताए । सामुदायिक विद्यालयलाई विभिन्न दाताको सहयोग जुटाई निःशुल्क टेलिस्कोप दिने अभियानलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स