ब्रिटिश प्रोफेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरुद्वारा पुनः विश्वस्तरिय नतिजा ल्याउन सफल

काठमाडौं । ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन् । द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरिय नतिजा ल्याएका हुन् ।

बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा विश्वस्तरिय नतिजा ल्याएका हुन् । थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका छन् ।

यसअघि बीपीसीमा अध्यायन गरेका विद्यार्थीहरु रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए । पूर्वविद्यार्थीहरुको पाइला पछ्याउँदै यस पटक पनि कलेजका तीन विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका हुन् । एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।

कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परिक्षामा विद्यार्थीहरुको नतिजा असाधरण रहेको बताइन् । एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकी उनले भनिन्, ‘यो परिक्षा निकै कठिन हुन्छ, यस्तो परिक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधरण हो। विद्यार्थीहरुलाई उनीहरुको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहान्छु। साथै, विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरुलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दछ ।’

निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो ।
विद्यार्थीहरुको सफलताबारे बोल्दै ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरुले निरन्तर स्तरिय शिक्षा प्रदान गरिरहेको बताए । उनले भने, ‘हामी गुणस्तरिय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरुबाट पनि प्रष्ट हुन्छ । यही उपलब्धिको कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरु लिने भएका छौं । साथै, हाम्रा विद्यार्थीहरुले अन्य यस्तै विश्वस्तरिय नतिजा ल्याउने पर्खाइमा छौं।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स