एलआरआई बास्केटबल तथा फुटसल फेस्ट २०७९ संचालनमा

काठमाडौं । एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ संचालन भइरहेको छ । विद्यालयकै खेल मैदानमा आयोजना भइरहेको प्रतियोगितामा ट्रिनिटी, ग्लोबल कलेज, हिमालयन ह्वाइट हाउस, सीसीआरसी, गोल्डेन गेट, डी.ए.भी, बर्नहार्ट, ट्रिटन, ग्यालेक्सी, सामाखुसी विद्यालय, केसीसीएस, पुष्प सदन, नभोदित, ओमेगा, आईएमएस, न्यूजेनिथ, टाईंम्स, जनमैत्री एस. कलेज तथा आयोजक एलआरआईबीच लिग चरणको प्रतिस्पर्धा जारी छ ।

हिजो भएको पहिलो खेलमा नभोदित र न्यू जेनिथ भिडेका थिए । उक्त खेलमा नभोदित ४८ स्कोर गर्दै विजयी भएको थियो । यस्तै सीसीआरसी र ट्रिनिटीबिच भएको दोस्रो खेलमा ५६ स्कोर गर्दै सीसीआरसी विजयी भएको थियो । ट्रिनिटीले भने २९ स्कोर गरेको थियो ।

यस्तै हिजोको तेस्रो खेलमा ह्वाइटहाउस र बर्नहार्ट कलेज भिडेका थिए । ५४ स्कोर गर्दै ह्वाएइटहाउस विजयी भएको थियो । बर्नहार्टले भने ३३ स्कोर गरेको थियो । डिएभी र ओमेगाबिच भएको खेलमा ओमेगा विजयी भएको थियो । ओमेगाले २९ स्कोर गर्दा डिएभीले मात्र १७ स्कोर गरेको थियो ।

सामाखुसी विद्यालय र पुष्पसदनबिच भएको प्रतिस्पर्धात्मक खेलमा भने ४८ स्कोर गर्दै सामाखुसी विजयी भएको थियो भने पुष्पसदनले ४५ स्कोर गरेको थियो । हिजोको अन्तिम खेल आयोजक एलआरआई र आई एम एस बिच भएको थियो । ऊत खेलमा आयोजक एलआरआई विजयी भयो । एलआरआइले ३८ स्कोर गर्दा आईएमएसले २३ स्कोर गरेको थियो ।

अब यसपछि लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । लिग चरणबाट छानिएका टोलिहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स