सामसङद्वारा पुल्चोक क्याम्पसमा सामसङ इनोभेसन क्याम्पस को उद्घाटन

काठमाडौं। विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउँछ।

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए। पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो।

यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ। जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।

‘सामसङमा, सह(समृद्धि हाम्रो मुख्य मूल्यहरू मध्ये एक हो र हामी सधैं यसको समर्थनमा छौं। हाम्रो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पस मार्फत, हामीले नेपालका युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं, AI, IoT, बिग डाटा र कोडिङ र प्रोग्रामिङ जस्ता उच्च प्रविधि क्षेत्रहरूमा उनीहरूको सीप वृद्धि गर्ने लक्ष्य राखेका छौं, जसको आजको व्यवसायहरूमा धेरै माग छ’, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड, सुङ जुन पार्कले भने ।

सामसङ इनोभेसन क्याम्पस अन्तर्गतका पाठ्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ। पाठ्यक्रमहरूका लागि छनोट गर्नुपर्ने पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ।

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसायलाई अगाडि बढाउने प्रयासहरू सामसङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो छ। जसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरणहरू उपलब्ध गराएर सशक्त बनाउने हो। राम्रो संसारको लागि सामाजिक परिवर्तन आवश्यक छ। तसर्थ सामसङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धान मार्फत समाज र व्यक्तिहरूमा प्रभाव पार्ने हाम्रो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ।ु त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने ।

इन्जिनियरिङ् इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन्। यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ।

यसैगरी पाठ्यक्रमहरूको अर्को हिस्साको रूपमा युवाहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा यी प्रविधिहरूले भूमिका खेल्छन्। २०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको’ ‘टूगेदर फर टुमोरो१’ को ग्लोबल सीएसआर भिजनको हिस्सा हो।

मानिसहरूलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम प्रुदान गर्दछ। उनीहरूलाई नेक्स्ट जेनेरेसनको वर्कफोर्सका लागि पालनपोषण गर्दछ। सामसङ आफ्नो सीएसआर पहलहरू मार्फत समुदायहरूलाई सकारात्मक रूपान्तरण गर्न र मानिसहरूको लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ। कम्पनीका अनुसार शिक्षा मार्फत युवाहरूलाई सशक्तिकरण गर्नु भनेको हामीले हाम्रा युवाहरूलाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरू मध्ये एक हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स