ग्लोकलले स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । ग्लोकल प्रा. लिमिटेडले काठमाडौं वल्र्ड स्कुलसँगको समन्वयर ऋषिहुड युनिभर्सिटी एक्सचेन्ज पार्टनरको रूपमा नेपालका हाईस्कुलका विद्यार्थीहरूका लागि स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने भएको छ।‘ लर्न लाइफ स्किल्स’ नामाकरन गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य भनेको विद्यार्थीहरू घर र कक्षाकोठाको चार पर्खाल भन्दा बाहिर लगेर रचनात्मकता कार्यहरुमा समावेश गराउने रहेको छ।यसबाट उनीहरू सचेत र विश्वव्यापी नागरिक बन्ने दिशामा कदम चाल्छन्।

कार्यक्रम नोभेम्बर २३ देखि नोभेम्बर २७ सम्म हरियाणाको मुटुमा रहेको ऋषिहुड विश्वविद्यालयको सुन्दर स्थानमा आयोजना हुँदैछ। कार्यक्रम सिपबिकास तर्फ उन्मुख हुनेछ, जहाँ सहभागीहरू विभिन्न गतिविधिहरूमा संलग्न हुनेछन्। दक्षकार्यशालाहरू, मेन्टरशिपसत्रहरू, आइडियापिचिङ, रचनात्मक संलग्नता (संगीत, नृत्य, कला, प्रतिभाशो, भ्रमणहरू र यस्तै विद्यार्थीहरूलाई अवसर प्रदान गर्न, कार्यक्रममा भागलिने केही सहभागीहरूलाई आंशिक छात्रवृत्ति पनि प्रदान गरिएको थियो।

यो कार्यक्रम आन्तरिक रूपमा युवा शिक्षार्थीहरूको नेतृत्व क्षमता निर्माणसँग जोडिएको छ।सबै सत्रहरूले किशोरकिशोरीहरूलाई शैक्षिक र जीवनमा मात्र होइन, ग्राउन्डिङर र उत्कृष्टताको अन्वेषण गर्नको लागि रुटेडरफ्रीु इथोसलाई इम्बेड गर्दछ।

प्रतिनिधिहरूले नेपाल र भारतका विद्यार्थीहरुसँग सञ्जाल गर्ने अवसर पाउनेछन्, र सोच, संचार, नेटवर्किङ, निर्णयलिने, रचनात्मक सोच, जागरूकता निर्माण, सहयोग, जस्ता जीवन कौशल सीपहरू पनि निर्माण गर्ने अवसर प्राप्त गर्छन्। विभिन्न प्रकारका विशेषज्ञ र साथीहरूको अन्तरक्रियाले उनीहरूको सामाजिक अनुकूलनतामा सुधार गर्दै प्रगतिशील सोच एवम व्यक्तित्व बिकासमा पनि मद्दत गर्नेछ।

यो अन्वेषण, दिर्घकालिन मित्रता गाँस्ने र जीवनभर सिकाउने समुदायमा सामेल हुने एक किसिमको अवसर हुनेछ। उत्सवको अन्त्यमा, प्रतिनिधिहरू आत्मको नवीकरण, नयाँ उद्देश्य, र थप सिकाइका इक्षाका साथ घर जान्छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स