असोज १ गतेदेखि काठमाडौंमा विद्यालय खोल्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । कोभिडका कारण बन्द रहेको विद्यालय असोज १ गतेदेखि खुल्ने भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाको जिल्ला प्रशासन कार्यालयले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

३ जिल्लाको सिडिओको बैठकले असोज १ गतेदेखि उपत्यकाको विद्यालय खोल्न दिने निर्णय गरेको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बैठकले निर्णय गरेको छ,’ उनले भने ‘हाम्रो यस निर्णयपछि स्थानिय तहहरुले बैठक बसेर कोभिडको अवस्था हेरेर थप निर्णय गर्नेछन् ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स