पढ्न मात्रै होइन काम गर्नलाई पनि सहजीकरण गर्न ‘कोकून एजुकेशन एण्ड माइग्रेसन’ स्थापना

काठमाडौं । एबोर्ड स्टडीको लागि काठमाडौंको पुतली सडकमा ‘कोकून एजुकेशन एण्ड माइग्रेसन’ नामक कन्सल्टेन्सी स्थापना भएको छ । आज आइतबारदेखि उक्त कन्सल्टेन्सी सञ्चालमा आएको हो ।

उक्त कन्सल्टेन्सीले पढनका लागिमात्रै नभइ काम गर्न चाहने इच्छुकको लागि समेत परामर्शदाताको काम गर्नुका साथै आवश्यक प्रक्रिया मिलाइदिने कन्सल्टेन्सीका कार्यकारी निर्देशक महेश वहादुर रायमाझीले जानकारी दिए । कन्सल्टेन्सीले विशेष गरी नर्सिङ स्टडी र पेशालाई अष्ट्रेलियामा नेपाली विद्यार्थीको गन्तव्य बनाउने समेत यस कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

विशेष गरी उक्त कन्सल्टेन्सीबाट अष्ट्रेलियामा पढ्न तथा काम गर्न चहाने व्यक्तिका लागि बढी उपयोगी भएपनि क्यानडा, न्यूजिल्याण्डलगायतका देशको लागि पनि उक्तिकै राम्रो मानिएको छ ।

उक्त कन्सल्टेन्सी काठमाडौंको पुतलीसडकस्थित स्टार महलमा रहेको छ । कोकून एजुकेशन एण्ड माईग्रेसन केहि वर्षअघिदेखि अष्ट्रेलियामा सञ्चालनमा रहेको छ । नेपालमा सोही कम्पनी सञ्चालन गर्न कम्पनीका निर्देशक नबिन पौड्याल हाल काठमाडौं आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स