एसईई को नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो।

बोर्डको अनुसार परीक्षाम ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

२.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।

१.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स